NirajBhusal's post
cancel
Showing results for 
Search instead for 
Did you mean: 
Level 8

१५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

"धान उत्पादनमा वृद्धि, राष्ट्रको सम्वृद्धि" , १५ औं  राष्ट्रिय धान दिवस / दहि चिउरा खाने दिनको अवसरमा सम्पूर्ण  कृषक दाजु भाई तथा दिदी बहिनीहरू एवं Local Guides मित्रहरूमा शुभकामना !!

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात असार १५  को दिनलाई  प्रत्येक वर्ष नेपालमा राष्ट्रिय धान दिवस /  दहि चिउरा खाने दिनको रुपमा मनाईन्छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ।

People celebrating Ashar 15 : Festival for Rice planting near my house at Sanothimi, BhaktapurPeople celebrating Ashar 15 : Festival for Rice planting near my house at Sanothimi, Bhaktapur

नेपालमा धान  दिवसको सुरुवात :
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको  हो र यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एक मात्र देश हो ।

नेपालको कृषि अवस्था बारे जानकारी:

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ र  कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । 

Namaste, Niraj

Sanothimi, Madhyapur Thimi, Nepal
6 comments
Level 9

Re: १५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

Wao bro nice post. 

Thank you for sharing. 

@NirajBhusal

Google Maps and Chrome Product Expert.

Always use @ before name to tag anyone on the Connect.
Level 9

Re: १५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

Congrats on your blog post, it's just splendidly amazing! ☺

Riya Mathew
Level 8

Re: १५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

Thank you so much @RiyaM. I am happy that you liked it.

Namaste, Niraj

Level 8

Re: १५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

Level 9

Re: १५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

Thanks @NirajBhusal

For sharing so beautiful 

Level 8

Re: १५ औं राष्ट्रिय धान दिवस (Festival for Rice planting ) को शुभकामना

@NirajBhusal nice 👍👍

@NirajBhusal wrote: