BishowvijayaP's post
cancel
Showing results for 
Search instead for 
Did you mean: 
Level 10

नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

 

🙏 नमस्कार 🙏

लोकल गाईड कनेक्ट (Local Guides Connect) समुदायमा यहाँलाई हार्दिक स्वागत छ । 💑 

आफ्नो परिचय दिन र अन्य स्थानीय मार्गदर्शकको परिचय थाहा पाउनको निम्ति तपाईं General Discussion खण्डमा अङ्कित Introduce Yourself नामक आलेख प्रयोग गर्नुहोस्।

 

यदि तपाईं नयाँ हुनुहुन्छ भने तल उल्लेखित जानकारीहरु लाभदायक हुन सक्छन्:

  • "About Local Guides" खण्डमा समुदाय तथा विश्वभर छरिएका स्थानीय मार्गदर्शकहरुसङ्ग कसरी अन्तरक्रिया गर्ने भन्ने सम्बन्धमा केहि निकै उपयुक्त सुझावहरु राखिएका छन् ।
  • तपाईंले प्रकाशन गर्न लाग्नुभएका विषयहरु यसभन्दा अघि नै सम्बोधित भईसकेका हुन पनि सक्छन् त्यसैले प्रकाशनपूर्व समुदायमा खोजी गर्नुहोस् । कसरी खोजी गर्ने भन्ने द्विविधामा हुनुहुन्छ भने Search the community नामक लेख पढ्नुहोस् ।
  • कुनै विषय प्रकाशन गर्दा व्यक्तिहरुलाई उक्त लेख आफ्नो लागि जरूरी छ या छैन भन्ने थाहा दिन वृस्त्रित शीर्षक राख्नुहोस् ।
  • आफुसङ्ग भएका मनमोहक तस्वीरहरु विवरणसहित 'Share Your Photos and Discoveries' खण्डमा प्रकाशन गर्न सक्नुहुन्छ ।
  • यदि आफ्नो लेख कुनै निश्चित स्थान, देश वा भूगोलसङ्ग विशेष रुपमा सम्बन्धित भएको खण्डमा Location field को माध्यमद्वारा आफ्नो लेखलाई भू-अङ्कन गर्न सक्नुहुन्छ । यो प्रक्रियामार्फत् तपाईं कुनै निश्चित भूगोलसङ्ग अझै दृढ रुपमा जोडिन सक्नुहुन्छ ।
  • आफ्नो क्षेत्रमा रहेका अन्य स्थानीय मार्गदर्शक समुदायहरु पत्ता लगाउन Unofficial Communities  प्रयोग गर्नुहोस् ।कुनै पनि स्तम्भहरुमा आफ्ना नितान्त व्यक्तिगत जानकारीहरु तथा सम्पर्क माध्यमहरु नबाँड्नुहोस् । विकल्पको रुपमा private messaging प्रयोग गर्न सक्नुहुन्छ ।
  • स्तम्भहरुमा प्रकाशनका सम्बन्धमा नीतिहरु तथा शर्तहरु अध्ययन गर्नुहोस् ।
  • गुगल मध्यस्थकर्ताहरुलाई भेट्नका निम्ति यो लिंक प्रयोग गर्नुहोस् ।
  • उत्कृष्ट टिप्पणीहरु तथा लेखहरुमा कुडो () द्वारा आफ्नो मत व्यक्त गरेर, @ को प्रयोगद्वारा स्थानीय मार्गदर्शकहरुलाई टिप्पणीहरु तथा लेखहरुमा अङ्कन गरेर साथै लेखसङ्ग सम्बन्धित उत्कृष्ट जवाफलाई समाधानको रुपमा स्वीकार गरेर तपाईं अन्य स्थानीय मार्गदर्शकहरुलाई समर्थन गर्न सक्नुहुन्छ ।
  • अङ्कहरु, तहहरु र तक्माहरु नामक लेख पढेर तपाईंले कसरी अङ्कहरु, तहहरु र तक्माहरु प्राप्त गर्ने भन्नेबारे जानकारी लिन सक्नुहुन्छ ।

हाम्रो स्थानीय मार्गदर्शक समूहको एक अभिन्न अङ्ग बन्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ । 

 

[This is the welcome note for Local Guides from Nepal and is prepared in reference to 'International Mother Language Day'. Any local guides who are helping the new comers with a welcome note can redirect new fellows from Nepal to this post link.]

Nepal
8 comments
Level 8

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

@BishowvijayaP thanks for your tips very helpful

Former Google Contributor

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

Hello @BishowvijayaP,

 

Thanks for translating this and being helpful to the Community.

 

Best regards,

Georges

Please consider reading this post before sending me a Private Message - Private Messages and Google Moderators
Level 8

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

@BishowvijayaP धन्यवाद  र बधाई  (Thank you and congratulations. ).. 

Level 10

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

It's my pleasure to have your support @RupendraNeupane@GeorgesHR & @ayann. 🙂

Anonymous
Not applicable

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

Nice job @BishowvijayaP ☺️.

As always u are thorough and supportive 👏👏👏

👍 राम्रो काम 👍

 

Level 10

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

Your feedback inspires me every moment @Anonymous. Thank you so much bro. 🙂

Level 10

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

@Kamalhasnainee, @ShafiulB this post was as a part of your project but I forgot to tag you both. Though the day passed but the post remained. 😂 

Connect Moderator

Re: नव आगन्तुकका निम्ति स्वागत सन्देश 🙏 ( a Welcome Note for new Local Guides from Nepal)

@BishowvijayaP Thanks for tag me here. Its a great welcome note for the new Lgs in native language ...

Keep helping !! 

Happy Guiding!!