समाचकेवा महोत्सव
श्री कर्तिकेश्वर कुवर मेला २०७४
सन्तपुर रौतहतमा
सबैलाई स्वागत छ
Looks massive, @bhupalshrestha ! I am reading this with Google Translate and it tells me you are sharing about a festival. Is the festival already over and is it happening soon? Please tell us more as Local Guides in your area may be interested too ![]()
Hello JeslynL
You mean SAMACHAKHEWA
Kartikswar Kuwar festival ?
Yes this is one of 6 days lasting a festival of this locality , specially THARU community celebrate this festival once a year. Today is the 4th day and may be day after tomorrow it will be ended. I am going to post some photo related festival.
Hello JeslynL
You mean SAMACHAKHEWA
Kartikswar Kuwar festival ?
Yes this is one of 6 days lasting a festival of this locality , specially THARU community celebrate this festival once a year. Today is the 4th day and may be day after tomorrow it will be ended. I am going to post some photo related festival.
Yours
COOL! I’m looking forward to the photos! Feel free to share them as a reply on this discussion thread ![]()
कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ ।
भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत रुपमा आजदेखि नै पर्वको शुभारम्भ भएको मानिएको हो । यो पर्व मैथिलानी र थारु समुदायका महिलाहरुले मनाउने गर्छन । ग्रामीण क्षेत्रमा अझैं पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महशुस गर्न थालिएको छ ।
काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ ।
सामाकी नोकरानी डिहुलीले सामा बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।
सामाको भाइ साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ ।
यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्तिहरु बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ, त्यसपछि क्रमिकरुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्रका कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, भूmठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङमा रङ्गाउने कार्य गरिन्छ ।
यस पर्वमा सवैभन्दा रोचक भनेको दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशीष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आपूmलाई चाहिएका सरसामानहरु पनि गीतको माध्यमबाट सुनाउने प्रचलन पनि रहेको छ ।
त्यसपछि, कात्तिक पूर्णिमाको मध्यरात्रिमा महिलाहरुले आ–आफ्ना घरबाट गीत गाउँदै चौंवाटोमा भेला भएर पर्वको अन्तिम रुप दिने गर्छन् ।
सो अवसरमा सवैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र बृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ ।
यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाईका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ
Hello @JeslynL
Here are photos of the KARTEKSWAR MELA.
If you need more photos
@bhupalshrestha I just saw a crowd of people watching something. Why do not you try more detail capturing the atmosphere, beautiful clothes, or unique things around the crowd.